रोहितको शतकसँगै भारत विजयी
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २४, बुधबार

आयोजक भारतले आईसीसी एकदिवसीय विश्वकपमा विजय हासिल गरेको छ । बुधबार दिल्लीमा भएको खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको हो ।
दिल्लीमा भएको यस खेलमा अफगानिस्तानले दिएको २ सय ७२ रनको सामान्य लक्ष्यलाई भारतले ३५ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
भारतको लागि कप्तान रोहित शर्माले शतकीय इनिङ्स खेलेपछि भारतको जित सहज बनेको हो ।
उनले ८४ बलमा १६ चौका र ५ छक्काको मद्दतले १ सय ३१ रन बनाएका थिए । इशान किशनले ४७ रन बनाए ।
विराट कोहलीले अविजित ५५ रनको योगदान दिँदा श्रेयश एयर २५ रनमा नकआउट रहे ।
अफ्गानिस्तानका रसिद खानले २ विकेट लिए ।
यस्तै टस जितेर पहिलो ब्याटिङ गरेको अफ्गानिस्तानले ८ विकेटको क्षतीमा २ सय ७२ रन बनाएको थियो ।
अफ्गानिस्तानको लागि कप्तान हशमतुल्लाह साहिदीले सर्वा धिक८० रन बनाएका थिए । अजमतुल्लाह अमरजईले ६२ रन बनाउँदा अन्य ब्याट्सम्यानले खासै राम्रो प्रर्दशन गर्न सकेनन् ।
भारतका जसप्रीत बुम्राहाले सर्वाधिक ४ विकेट लिए । हार्दिक पाण्डेयाले २ तथा कुलदीप यादव र सार्दुल ठाकुरले समान एक एक विकेट लिए ।
यो सँगै भारतले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको हो ।
अफगानिस्तान दुवै खेलमा पराजित हुँदै प्रतियोगिताको पुछारमा छ ।
Categorized in स्पाेर्ट्स