arin enterprises

साउदी पुगे रोनाल्डो

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ पौष १९, मंगलबार

पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगेका छन् । साउदी प्रो लिग च्याम्पियन अल नासर क्लबमा आबद्ध भएपछि रोनाल्डो आज साउदी पुगेका हुन् ।

अल नासर क्लबले रोनाल्डो साउदी आइपुगेको र उनलाई स्वागत गर्दै गरेको तस्बिर ट्विटर मार्फत सार्वजनिक गरेको छ ।

रोनाल्डो सन् २०२५ सम्मका लागि साउदी अरेबियाको अल नासरसँग अनुबन्ध भएका हुन् ।

अल नासर क्लबबाट खेले बापत उनले प्रत्येक वर्ष १७ करोड ७० लाख पाउन्ड(झन्डै २८ अर्ब नेपाली रुपैयाँ) पारिश्रमिक लिनेछन् । यो विश्व फुटबल इतिहासमै अहिलेसम्मको सबैभन्दा बढी पारिश्रमिकको हो ।

अल नासरले रोनाल्डोलाई अनुबन्ध गरेर नयाँ इतिहास बनाउने क्रममा रहेको बताएको छ । त्यस्तै अनुबन्धपछि रोनाल्डोले पनि आफू नयाँ देशमा फरक फुटबल अनुभव बटुल्न उत्सुक रहेको बताएका छन् ।

यसअघि म्यानचेस्टर युनाइटेडबाट खेल्दै आएको रोनाल्डोको कडा आलोचना गरेपछि दुवै पक्षले एकापसमा अलग हुने निर्णय गरेका थिए ।

Categorized in स्पाेर्ट्स