फिनल्याण्डलाई हराउँदै रुसको पहिलो जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ आषाढ २, बुधबार

युरोकपमा रुसले पहिलो जित हात पारेको छ ।
बुधबार भएको समूह चरणको दोस्रो खेलमा फिनल्याण्डलाई १–० गोलले पराजित गर्दै रुसले आफ्नो पहिलो जित निकालेको हो ।
सेन्ट पिटर्सवर्ग स्टेडियममा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले निर्णायक गोल गरे । उनले खेलको पहिलो हाफको इन्जुरी समयमा मिरानचुकले आर्टम ज्यूबाको पासमा निर्णायक गोल गरे ।
त्यसअघि खेलको चौंथो मिनेटमा फिनल्याण्डका जोएल पोहजनपालोले गोल गरेका थिए । तर, भीएआरमा जोएल अफसाइड भएपछि उनको गोलले मान्यता भएन ।
यो जितसँगै रुसले २ खेलमा ३ अंक जोड्दै समूह ‘बी’ दोस्रो स्थानमा रहेको छ । यस्तै फिनल्याण्ड २ खेलमा ३ अंक जोडेको समूहको तेस्रो स्थानमा छ ।
Categorized in स्पाेर्ट्स