arin enterprises

ओबामासहित पाँच सय अमेरिकी नागरिकमाथि रुसको प्रतिबन्ध

SamacharDesk – Aakash Rajopadhyaya | २०८० जेठ ६, शनिबार

रुसले पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले आफूमाथि लादेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले यस्तो प्रतिबन्ध लगाएको हो ।

अन्तराष्ट्रिय संचार अनुसार रुसी विदेशमन्त्रालयले पूर्वराजदूत जन हन्टस्म्यानले सिनेटरहरूका साथै प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोता जिम्मी किम्मेल, कोलवर्ट, सेथ मेइर्सलगात अमेरिकी नागरिकलाई रुस प्रवेशमा निषेध गरेको जनाएको छ ।

वासिङ्टनका दुर्भावनापूर्ण हरेक कदमको जवाफ मस्कोले दिने प्रतिबन्धमा भनेको छ।

Categorized in अन्तर्राष्ट्रिय