arin enterprises

नेटोका कारण तेस्रो विश्वयुद्ध नजिकिएको रुसको दाबी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ २७, बुधबार

नेटोका कारण तेस्रो विश्वयुद्ध नजिकिएको रुसले दाबी गरेको छ । लिथुआनीयामा नेटो शिखर सम्मेलन चलिरहेको बेला रुसको सुरक्षा परिषदका उपसचिव दिमित्री मेदभेदेवले नेटोले युक्रेनलाई सहयोग गर्दा तेस्रो विश्वयुद्धलाई नजिक ल्याइरहेको बताएका हुन् ।

रुसका पूर्व राष्ट्रपति र प्रधानमन्त्रीसमेत रहेका मेदभेदेव रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विश्वासपात्र मानिन्छ ।

पश्चिमाहरुको विवेकहीन युद्धमोहले घातक अन्त्य बाहेक अरु केही निम्त्याउँदैन र त्यो भनेको तेस्रो विश्वयुद्ध रहेको मेदभेदेवले बताएका थिए ।

मेदभेदेवको पछिल्लो टिप्पणीहरुले रुसी नेतृत्वको मानसिकता झल्काउने विश्लेषण गरिएको छ ।

Categorized in अन्तर्राष्ट्रिय