संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा रुसको अध्यक्षता
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र २३, बिहिबार

रुसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा अध्यक्षता गरेको छ । युक्रेन युद्धका कारण विश्वभर रुसको आलोचना बीच रुसले परिषद्को अध्यक्षता गरेको हो ।
बुधबार बसेको परिषद्को बैठक रुसको अध्यक्षतामा भएकोले युक्रेन सहित केही देशहरुले भने आलोचना गरेका छन् ।
राष्ट्रसंघीय सुरक्षा परिषद् १५ राष्ट्र रहेका छन् । उनीहरुले पालैपालो बैठकको अध्यक्षता गर्ने परम्परा अनुसार रुसले यस पटक मौका पाएको हो ।
यस्तै अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ पूर्जी जारी गरिसकेको अवस्थामा रुसलाई अध्यक्षता दिनु गलत भएको युक्रेनको भनाइ छ ।
रुसले युक्रेन युद्ध सम्बन्धमा आफूलाई माथि पार्ने गरी निर्णय गराउन सक्ने आशंका पश्चिमा देशहरुमा छन् ।
Categorized in अन्तर्राष्ट्रिय