परमाणु हतियार प्रयोग गर्ने रुसको चेतावनी
SamacharDesk | २०८० फाल्गुण १९, शनिबार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिनका छन् । राष्ट्रपति पुटिनले पश्चिमा देशहरुले युक्रेनलाई सहयोग गरिरहे युक्रेन युद्धमा परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिएका हुन् ।
बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पुटिनले युक्रेनलाई पश्चिमा देशहरुको गरिरहेको सहयोगको आलोचना गरे ।
त्यस्तै आणविक हतियार प्रयोग गर्दा हुने नोक्सानीको जिम्मा पनि रुसले नलिने समेत बताए ।
रुसमा मार्च १५ देखि १७ सम्म चुनाव हुँदैछ । अहिलेसम्म पुटिननै पुनः निर्वाचित हुने लगभग पक्का भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेको छ । त्यस्तै संसारको सबैभन्दा ठुलो आणविक हतियार भएको देश आफ्नो रहेको भन्दै रणनीतिक स्थायित्वका लागि अमेरिकासँग वार्ता गर्न तयार रहेको उनले संकेत गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाए ।
सम्बोधनकै क्रममा पुटिनले राष्ट्रपती निर्वाचनमा आफुलाई साथ दिन रुसी जनतासँग अनुरोध गरेका छन् ।
पश्चिमा देशहरुले रुसले युरोपमा आक्रमण गर्छ भनेर गलत हल्ला फैलाइरहेको जिकिर समेत गरे ।
उनले रुस, युक्रेनसँगका् युद्ध जित्ने योजनामा मात्र केन्द्रित रहेको भन्दै युरोपमा आक्रमण गर्ने कुनै योजना नभएको प्रष्ट पारेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय