युक्रेनको बाख्मत शहरमा रुसी सेनाको दावी
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र २०, सोमबार

युक्रेनको बाख्मत शहर कब्जामा लिएको रुसी सेनाको दावी गरेको छ ।
रुसी सेनाको अग्रपंक्तिमा लड्दै आएको वागनर सैन्य समूहले बाख्मतमाथि वैधानिक कब्जा जमाएको घोषणा गरेको हो ।
प्यारामिलिटरी सैन्य समूह वागनरका प्रमुख यब्गेनी प्रिगोजिनले आफ्नो सेनाले महिनौंदेखिको लडाईमा सफलता मिलेको र बाख्मत शहर पूर्ण कब्जामा आएको दावी गरेका छन् ।
साथै उनले बाख्मतको प्रमुख प्रशासनिक भवनमा रुसी झण्डा समेत फहराएको घोषणा गरेका छन् ।
तर युक्रेनले भने रुसले कब्जामा गएको स्वीकार गरेको छैन । युक्रेनका सैन्य प्रमुखले आफ्नो सेना अहिले पनि शहरमा टिकी राख्ने प्रयासमा रहेको बताएका छन् ।
तर बाख्मतमा अवस्था निकै जटिल रहेको उनले बताएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय