साफ यू–२० च्याम्पियनशीप फुटबलमा नेपाल फाइनलमा पुग्यो
SamacharDesk | २०८१ भाद्र ९, आइतबार

साफ अण्डर २० च्याम्पियनशीप फुटबलमा नेपाल फाइनलमा पुगेको छ ।
आज एन्फा कम्प्लेक्स ललितपुरको सातदोबाटोमा भएको पहिलो सेमिफाइनल खेलमा भुटालाई ट्राइब्रेकरमा ४–१ गोलको अन्तरले हरायो ।
निर्धारित ९० मिनेटको समयमा दुवै टिमले १–१ गोलको बराबरी गरेपछि खेल ट्राइब्रेकरमा पुगेको हो । नेपालले ट्राइब्रेकरमा बाजी मारेको हो ।
नेपाललाई फाइनल पु¥याउन गोलरक्षक जियारत शेख नायक बनेका छन् । उनले भुटानको दुई पेनाल्टी सुट बचाएका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५६औं मिनेटमा भुटानले दोस्रो हाफमा सुरुवाती अग्रता लिएको थियो । त्यसपछि नेपालका निराजन धामीले ७७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
भुटानका किन्जाङ तेन्जिङ दोहोरो पहेँलो कार्ड पाउँदै बाहिरिनु प¥यो र भुटान १० जना खेलाडीमा सीमित हुन पुगेको थियो । पेनाल्टी सुटआउटमा भुटानका जिग्मे नाम्गेल तथा उग्बेन जिग्मेको प्रहारलाई नेपाली गोलरक्षक जियारत शेखले विफल पारेका थिए ।
नेपालका लागि गोलरक्षक जियारत आफैले पेनाल्टिमा गोल गरेपछि नेपाल ४–१ को जित निकाल्दै फाइनलमा पुग्न सफल भएको हो । फाइनलमा नेपालले भारत र बङ्गलादेशबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
भारत र बङ्गलादेशबिचको दोस्रो सेमिफाइनल खेल सोमबार हुनेछ । फाइनल खेल बुधबार दशरथ रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ ।
Categorized in स्पाेर्ट्स