साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपाल पराजित
SamacharDesk | २०७९ माघ २१, शनिबार

बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
ढाकामा शुक्रबार भएको खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा २-१ को अग्रता बनाएको बंगलादेशले खेलको इन्जुरी समयमा तेस्रो गोल गरेको थियो ।
बंगलादेशको जितमा मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले समान एक(एक गोल गरेको थियो। नेपालका लागि मनमाया दमाइले एक गोल फर्काएकी थिइन् ।
पहिलो हाफमानै खेलमा फर्कने प्रयास गरेको नेपालका लागि २४ औं मिनेटमा गोल गरेकी थिइन्। यससँगै नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।
बंगलादेशले भने पहिलो खेलमै ३ अंक जोडेको छ । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
अब नेपालले दोस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।
Categorized in स्पाेर्ट्स