arin enterprises

नेपालभाषाको गीतसंगीतमा चम्किंदै गायक सज्जु मानन्धर

SamacharDesk – Ram Dangol | २०७९ पौष २३, शनिबार

गणेशदेवी फाउण्डेशनको प्रस्तुतीमा गायक सज्जु मानन्धरको एकल स्वरमा नेपाल भाषाको एकल एल्बम “छन्त नापलाय् सातकि” एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ ।

जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित समारोहमा गायक सज्जु मानन्धरको एकल स्वरमा रहेको उक्त एल्बमको लोकार्पण भएको थियो ।

एल्बममा नेपालभाषाका ६ वटा गीत रहेका छन् । ‘सुथय् लुमनी छन्त, न्हिय् लुमनी छन्त’, ‘मत्येवं जिं मां छन्त तकां’, ‘ख्वा छंगु गुलि बाँला’ ‘खनागु जिं छन्तः गन?’ लगायत बोलका चर्चित गीतहरु उक्त एल्बममा समावेश रहेका छन् ।

डा. राजु मानन्धरको एकल शब्दरचना रहेको एल्बममा जुगल डंगोलको संगीत संयोजन रहेको छ । करिब दुई दशकदेखि संगीत क्षेत्रमा अनवरत लागिरहेका गायक मानन्धरले यसभन्दा अगाडि राजु मानन्धरको रचना तथा जुगल डंगोलकै संगीतमा “रागिनी” एल्बम बजारमा ल्याइसकेका छन् ।

गायक सज्जुले २०५५ सालदेखि नै आफ्नो गायन क्षेत्रमा लागिरहनु भएको छ । उनको पहिलो गीत “सबैलाई छोडेर” बोलको नेपाली गीतबाट आप्mनो गायन यात्रा शुभारम्भ गर्नुभएको थियो । 

गायन यात्राकै सिलसिलामा उनले वि.सं. २०६६ सालमा पुनः राजु मानन्धरकै शब्दरचना, जुगल डंगोल र महेश नकर्मीको संगीत रहेको दोस्रो एल्बम “रागिनी–२” पनि बजारमा ल्याइसकेका छन् । नेपाली भाषाको उक्त एल्बममा पनि ६ वटै गीत समावेश गरिएको छ ।

पेशाले शिक्षक रहेका सज्जुले मेजर अंग्रेजीमा स्नातकोत्तरम्मको अध्ययन गरेका छन् । सज्जुले संगीतलाई व्यावसायिक रुपमा नअंगाले पनि लामो समयदेखि उनी संगीत क्षेत्रबाट भने टाढा रहन सक्नु भएको छैन ।

विद्यार्थी समयमा आप्mनो शौख पूरा गर्नका लागि मात्र कलेजका कार्यक्रम तथा आफ्नो समुदायको कार्यक्रमहरुमा गाउँदै हिँड्ने मानन्धरले करिब दुई दशकको गायन यात्रा पार गरिसक्नु भएको छ ।

हाल उनी विभिन्न कलेजहरुमा अंग्रेजी विषय अध्यापन गर्नुहुन्छ भने न्यू होराइजन बोर्डिङ स्कूल, कुलेश्वरको प्रिन्सिपलको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

उनले औपचारिक रुपमा गायन प्रशिक्षण नलिए पनि उनले महेश नकर्मीसँग गीतारवादनको ६ महिने तालिम लिएका छन् । उहाँ भन्नुहुन्छ, “संगीत मेरो व्यवसाय नभए पनि यो मेरो जीवनको अभिन्न पाटो हो ।”

मानन्धरको भर्खरै रिलिज भएकोे ‘सुथय् लुमनि छन्त न्हिनय् लुमनि छन्त’ बोलको गीतले सर्वाेत्कृष्ट शब्द रचना विधामा राष्ट्रिय समावेशी म्युजिक अवार्ड समेत जित्न सफल भएको छ ।

यसैगरी ‘खना गु जिं छन्त गन?’ बोलको गीत भर्खरै सम्पन्न स्टार नेपालभाषा म्युजिक अवार्डमा ५ विधामा नोमिनेशनमा परहेको थियो भने यही एल्बमको म्यूजिक भिडियोमा अभिनय गर्ने विन्दे महर्जन र नेन्सी महर्जन पनि नबोदित मोडलको विधामा नोमिनेशनमा परेका थिए ।

यसैगरी रचनाकार राजु मानन्धर पनि सर्वाेत्कृष्ट गीतकारको नोमिनेशनमा पर्नुभएको थियो ।

Categorized in पेजथ्री