arin enterprises

समाजवादी पार्टी गोकर्णेश्वर समितिका अध्यक्ष नगरकोटीको करेन्ट लागेर मृत्यु

SamacharDesk – बिकाश | २०७७ भाद्र २२, सोमबार

समाजवादी पार्टी गोकर्णेश्वर समितिका अध्यक्ष श्रीकृष्ण नगरकोटीको मृत्यु भएको छ ।

गोकर्णेश्वर नगरपालिका ३ बालुवा गाम्चा बस्ने २६ वर्षीय नगरकोटीको हिजो करेन्ट लागेर मृत्यु भएको हो । 

आफ्नै घरमा बत्ती जोड्ने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

उपचारको लागि नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो । 

मृतक नगरकोटी समाजवादी पार्टी काठमाडौं जिल्ला समितिका सदस्य समेत रहेका थिए ।

समाजवादी पार्टी काठमाडौं जिल्लाका अध्यक्ष श्यामकृष्ण प्रजापतिले उनको निधनबाट आफुलाई निकै मर्माहत तुल्याएको बताउनुभयो ।

पछिल्लो समय पार्टी र समाजसेवाको क्षेत्रमा निकै सक्रिय उनको मृत्युले काठमाडौं जिल्ला समितिलाई अपुरणीय क्षति पुगेको प्रजापतिले बताउनुभयो ।

Categorized in समाज