साम्बा फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्धित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ १९, शुक्रबार

नेपाली फरवार्ड साबित्रा भण्डारी (साम्बा) फ्रान्सको शीर्ष डिभिजनको क्लबमा अनुबन्धित भएकी छिन् । साम्बा फ्रान्सेली शीर्ष डिभिजनको क्लब अन अभान्ट गिन्गेम्पले अनुबन्ध गरेको हो ।
बिहीबार राति क्लबले साम्बालाई सामाजिक संजालमार्फत सार्वजनीक गरेको थियो । युरोपेली क्लब फुटबलको शीर्ष डिभिजनको लिग खेल्ने सावित्रा पहिलो नेपाली खेलाडी हुन् ।
उनले यसअघि युरोपेली लिगको रुपमा इजरायलबाट ब्यवसायीक यात्रा सुरु गरेकी थिईन् । यसअघि उनी इजरायलको क्लब हापोएल रानानासँग अनुबन्धित भएकी थिईन् ।
जहाँ उनले छोटो समयमै आफ्नो प्रभाव देखाएकी थिईन् ।
इजरायलको क्लब फुटबलमा सावित्राको प्रभाव देखेर फ्रान्सेली क्लबले उनलाई अनुबन्धन गर्न तयार भएको हो ।
उनको क्लब अन अभान्टले फ्रान्सको शीर्ष डिभिजनको लिग खेल्ने गर्छ ।
नेपाल र भारतको घरेलु फुटबलमा उत्कृष्ट प्रर्दशन गरेपछि सावित्राको सर्वत्र चर्चा हुने गरेको थियो ।
राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्राले अन्तत आफ्नो फुटबल यात्रालाई युरोपको शीर्ष डिभिजनको लिग मध्यको एकसम्म पुर्याएकी छिन् ।
Categorized in स्पाेर्ट्स