संसदबाट ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ पारित
SamacharDesk | २०७९ भाद्र २१, मंगलबार

प्रतिनिसभाको आज बसेको दोस्रो बैठकले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’ बहुमतले पारित गरेको छ ।
बैठकमा सांसदहरु विशाल भट्टराई, पार्वती विशुंखे, प्रेम सुवाल, नवराज सिलवाल, गगन थापाले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भयो ।
सांसदहरु शेरबहादुर तामाङ, गोकुल बाँस्कोटा, प्रकाश रसाइली, अतहरकुमाल मुसलमान र रामकुमारी चौधरी, बिन्दा पाण्डेले विधेयकका केही बुँदाहरुमा राखेको संशोधन प्रस्ताव फिर्ता लिएका थिए ।
त्यसैगरी सरकारले ल्याएको विधेयकका केही बुँदामध्ये संसदको कार्यकालसम्बन्धी प्रस्तावमा सांसदहरुले विरोध गर्दै संशोधन प्रस्ताव हालेका थिए ।
त्यसमा कानुन मन्त्री गोविन्द शर्मा कोइरालाले संशोधन प्रस्ताव स्वीकार गर्नुभएको थियो । कानुन मन्त्रीले विधेयकमा रहेको दफा १३, १४ र १५ लाई हटाउने संशोधन स्वीकार गर्नुभएको हो ।
संसदको कार्यदल थप्ने सरकारको प्रस्तावको नेकपा एमालेले र सत्ता गठबन्धनकै केही नेताहरुले विरोध गर्दै आएका थिए ।
यस्तै निर्वाचन आयोगले पनि सार्वजनिक रुपमै असन्तुष्टि जनाएको थियो ।
Categorized in राजनीति