arin enterprises

प्रतिनिधिसभा र सातवटै प्रदेशसभाको कार्यकाल समाप्त

SamacharDesk | २०७९ आश्विन २, आइतबार

मुलुक संघीय संरचनामा गएपछि भएको पहिलो निर्वाचनबाट गठित प्रतिनिधिसभा र प्रदेशसभाहरुको कार्यकाल गएरातीदेखि सकिएको छ ।

२०७४ साल मंसीरमा भएको निर्वाचनबाट गठीत प्रतिनिधिसभा र सात वटै प्रदेश सभाको कार्यकाल समाप्त भएको हो ।

संविधानमा कार्यकालको सुरुवात र अन्त्यबारे स्पष्ट व्यवस्था नभएकाल ताजा जनादेशका लागि हुने निर्वाचनको समानुपातिकतर्फको बन्दसूची पेस गर्ने अघिल्लो दिन कार्यकाल समाप्त हुने आधारमा कार्यकाल समाप्त भएको हो ।

प्रतिनिधिसभाको हिजो बसेको अन्तिम वैठकमा हिजो रातीदेखि संसद अधिवेशन अन्त्य हुने राष्ट्रपति कार्यालयको पत्र सुनाइएको थियो । २०७४ मङ्सिरमा भएको निर्वाचनको कार्यकाल सोही वर्षको फागुन २१ गतेदेखि सुरु भएको थियो । हिजोको अन्तिम वैठकलाई संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवादेखि सत्ताधारी दलका सवै नेताहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीमाथि निशाना साँधेका थिए ।

प्रतिपक्षी दल एमाले अध्यक्ष ओली पनि परमादेशबाट बनेको सरकार भन्दै बर्तमान सरकारले देशलाई दिन प्रतिदिन अधोगतितिर लगेको आरोप लगाउनु भएको थियो ।

त्यस्तै अधिकांश सांसदहरुले २०७४ सालको निर्वाचनबाट बनेको प्रतिनिधिसभाले प्रभावकारी काम गर्न नसकेको स्वीकार गरेका थिए । अब आगामी मंसीर ४ गते हुने चुनावपछि नयाँ प्रतिनिधिसभा गठन हुने छ ।

Categorized in राजनीति