एमालेले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागे
SamacharDesk | २०८० श्रावण १०, बुधबार

प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ ।
आज बसेको बैठकमा सांसदहरूले आ–आफ्नो धारणा राखेपछि एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै सदन अवरुद्ध गरेको हो ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एकपछि अर्काे सुन काण्ड मच्चिरहँदा पनि सरकारले सुन प्रकरणका मुख्य मान्छेलाई पक्राउ नगरी भरियालाई मात्र पक्रेर सरकारले नालायकपन देखाएको आरोप लगाएको छ ।
उनीहरुले गृहमन्त्री तथा अर्थमन्त्री नैतिकताको हिसाबले पनि राजीनामा दिनुपर्ने बताए । आज बसेको प्रतिनिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीमा सरकारको संरक्षण रहेको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको जारी बैठकको सुरुमा आकस्मिक समय लिएर बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले एक क्वीन्टल बढी सुन तस्करीमा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको संरक्षण रहेको भन्दै उच्चस्तरीय छानबिन समिति बनाउन माग गनुभयो ।
उच्चस्तरीय छानबिन समिति नबनाएर एमालेले संसद् चल्न नदिने उहाँले चेतावनीसमेत दिनुभयो । उहाँले भन्सार कार्यालयका कर्मचारी भक्तिराज श्रेष्ठलाई महराले धेरै दबाब दिएको तर श्रेष्ठले आफूले स्वीकार नगरेको बयान दिएको संसदमा सुनाउनुभयो ।
प्रमुख सचेतक गिरीले पछिल्लो पटक १ क्विन्टलभन्दा बढी सुन आएको, त्यहाँ सुरक्षाकर्मी, भन्सारका कर्मचारी रहेको, विभिन्न सेटिङ मिलाएर बाहिर निकालेपछि राजस्व अनुसन्धान विभागले समातेको बताउनुभयो ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेले क्विन्टलका क्विन्टल सुन भित्र्याउन काण्डमा कर्मचारीको सरुवा गरेर मात्र नहुने बताउनुभयो । उहाँले ती कर्मचारीलाई किन निलम्बन नगरेको भन्दै भन्सार, सुरक्षा प्रमुखलगायतले पनि पदमा बस्ने नैतिकता गुमाएको दावी गर्नुभयो ।
उहाँले क्विन्टलका क्विन्टल सुन आउनु र त्यो विषयमा सामान्य मानिस पर्नु यो अचम्म नभएको भन्दै पुरानै सेटिङको निरन्तरताको रुपमा जनताले बुझेको उहाँको दावी छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भरिया पक्राउ गरेर सुन तस्करीका नाइकेको संरक्षण गर्न खोजेको आशंका गर्नुभयो ।
उहाँले सुन तस्करीका विषयमा अहिले भइरहेको अनुसन्धान झारा टार्ने किसिमको मात्र भएको बताउनुभयो । नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको भन्दै उहाँले अहिले पनि सरकारले थाहा पाएर सुन तस्करीमा संलग्नहरु पक्राउ नपरेको लिङ्देनको दावी छ ।
विमानस्थल भन्सारबाट १०० किलो सुन प्रवेश गराइनु सामान्य विषय नभएको भन्दै लिङ्देनले समाजलाई ठीक दिशामा ल्याउन यो घटनाको अनुसन्धान जरासम्म पु¥याउनुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसकै सांसदले पनि गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग्नुभएको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न न सकेको भन्दै उहाँले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुभएको हो ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फर्किएपछि आफू यो विषय उठाएर आमरण अनसन बस्ने चेतावनी दिनुभयो । सदनमा अवरोध भएपछि सभामुख देवराज घिमिरेले अर्को बैठक साउन १५ गते दिन १ बजे बस्ने गरी स्थगित गर्नुभएको छ ।
Categorized in राजनीति