arin enterprises

अर्थमन्त्रीको राजीनामा माग गर्दै एमालेले गर्यो संसद अवरुद्ध

SamacharDesk | २०७९ जेठ ३१, मंगलबार

आज प्रतिनिधिसभाको वैठक शुरु हुनासाथ धेरै सांसदहरुले विरोध गर्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा समेत माग गरे ।

अन्नपूर्ण पोष्ट पत्रिकामा बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे समाचार प्रकाशन भएपछि प्रमुख विपक्षी नेकपा एमाले लगायत अन्य नेताहरुले बजेट निर्माणका क्रममा अनाधिकृत ब्यक्तिलाई संलग्न गराएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ ।

उनीहरुले सरकारको अर्थमन्त्रीको उक्त रवैयाको तत्काल स्पष्टिकरण मागेका थिए । एमाले सांसद एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले करका दर हेरफेरमा अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई संलग्न गराएको र करका दरमा नीतिगत भ्रष्टाचार गरेको देखिएकाले तत्काल शर्माले राजीनामा दिनुपर्ने माग गनुृभयो ।

यति गम्भीर विषयमा सरकारको जवाफ नआएको भन्दै उहाँले यो विषयमा प्रस्ट नभएसम्म सदनको कारबाही अघि नबढाउन सभामुखलाई आग्रह समेत गर्नुभयो ।

नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बजेट निर्माण गर्ने क्रममा जेठ १४ गते राति अर्थ मन्त्रालयमा अर्थमन्त्रीको प्रतिनिधि बनेर अनधिकृत व्यक्ति प्रवेश गरेका थिए ।

उनले विभिन्न व्यापारिक घरानालाई फाइदा हुने गरी करको दर हेरफेर गरेको आरोप लगाएका छन् । सांसद भट्टराईले यो विषय सञ्चार माध्यममार्फत सार्वजनिक भइसकेपछि अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने पनि बताए ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गर्नु राष्ट्रघात र ठूलो वित्तीय अपराध भएको पनि भट्टराईले बताए ।

आज बैठक सुरु हुनासाथ एमाले सांसदहरु उठेर विरोध गरेका थिए । पाण्डेले करका दर हेरेफेर, स्टिल उद्योगका सुविधा कटौति गरेर निश्चित व्यापारीलाई पोस्ने काम भएको र अन्य धेरै नीतिगत भ्रष्टाचार बजेटमा देखिएको बताउनुभयो ।

स्यानिटरी प्याडमा धेरै कुरा उठेको र समग्रमा ८ प्रतिशतसम्म भन्सार कर लगाइएको भन्दै कसको संलग्नतामा गरिएको हो भन्ने प्रश्न उठाउँदै प्रस्ट जवाफ माग गर्नुभयो ।

पाण्डेले धेरै गम्भीर प्रश्न उठेकाले अर्थमन्त्री अर्थमन्त्रालयमा प्रवेश गर्न लायक नरहेको र उहाँमाथि छानविन समेत हुनुपर्ने माग गर्नुभयो ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082