arin enterprises

साम्सुंगले ल्यायो विश्वकै पहिलो पारदर्शी स्क्रिन

SamacharDesk | २०८० पौष २३, सोमबार

साम्सुंगले विश्वकै पहिलो पारदर्शी माइक्रोएलईडी स्क्रिन ल्याएको छ । मंगलवारदेखि अमेरिकाको लस भेगासमा सुरु हुने कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) को फर्स्ट लुक कार्यक्रममा कम्पनीले केही फरक डिजाइनमा तीन वटा छुट्टाछुट्टै पारदर्शी माइक्रोएलईडी डिस्प्ले प्रस्तुत गरेको हो ।

डेमोको रुपमा राखिएका दुई वटा युनिटमा प्यानलको पछाडि भागमा आउने कुनै पनि सम्भावित चिजबिजलाई बेवास्ता गर्न सजिलो हुने गरी रंग्याइएको सिसा राखिएको छ ।

यस्तै अर्को स्क्रिन भने फ्रेम बिनाको डिजाइनसहित नियमित पारदर्शी सिसाको जस्तो छ ।

यसमा देखिने सामग्री हावामा तैरिएको जस्तो लाग्छ हुने बताएको छ ।

त्यस्तै माइक्रो एलईडीमा पिक्सेल डेन्सिटी धेरै हुने भएकाले पिक्चर निकै शार्प किसिमको अनुभूती हुने कम्पनीको दावी छ ।

तर यसको मूल्य कति पर्न आउँछ र यो प्रविधि कहिलेबाट बजारमा उपलब्ध हुन्छ भन्ने विषयमा भने कम्पनिले केही बताएको छैन ।

Categorized in विज्ञान-प्रविधी