arin enterprises

गुगल हटाई बिङलाई सर्च इन्जिन बनाउँदै सामसङ

SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख ६, बुधबार

सामसङले आफ्नो स्मार्टफोनको डिफल्ट सर्च इन्जिनमा बिङलाई राख्ने भएको छ । सामसङले गुगलसँगको लामो सहकार्य टोड्डै सर्च इन्जिनवाट गुगललाई हटाई बिङलाई राख्ने निर्णय गरेको द न्यू योर्क टाइम्सले जनाएको छ ।

यस्तै विभिन्न अन्तराष्ट्रिय संचारमाध्यमहरुले पनि सामसङले गुगलको सट्टा बिङलाई डिफल्ट सर्च इन्जिन बनाउने तयारी गरेको उल्लेख गरेको छ ।

सामसङले डिफल्ट सर्च इन्जिन परिवर्तन गर्नेबारे आधिकारिक निर्णय भने गरिसकेको छैन ।

बिङले पछिल्लो समय एआई एकीकृत गरी फरक फिचर उपलब्ध गराउन थालेको छ । यदि सामसङ बिङ सर्च इन्जिनसँग जोडेमा प्रयोगकर्ताहरुले स्मार्टफोन चलाउँदा फरक अनुभूति गर्ने सक्ने छन् ।

अहिले गुगलले सामसङसँगको सहकार्यबाट वार्षिक तीन अर्ब डलरभन्दा धेरै कमाइ गर्दै आएको छ ।

सामसङले सहकार्य परिवर्तन गरे गुगललाई ठूलो नोक्सानी हुने अनुमान गरिएको छ ।

Categorized in विज्ञान-प्रविधी