arin enterprises

क्यानबाट सन्दीपमाथिको निलम्बन फुकुवा

SamacharDesk – समाचारडेस्क स्पाेर्ट्स रिपोर्टर | २०८१ जेठ २, बुधबार

बलात्कार मुद्दामा सफाई पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा गरेको छ ।

उच्च अदालत पाटनबाट आज क्रिकेटर लामिछाने निर्दोष रहेको फैसला गरेपछि क्यानले आजै एक प्रेस विज्ञप्ती जारी गर्दै लामिछानेमाथि लगाइएको सबै निलम्बन फुकुवा गरेको जनाएको हो ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दबाट हस्ताक्षर गरिएको विज्ञप्तीका अनुसार निलम्बन फुकुवा भएसँगै अब क्रिकेटर लामिछानेले घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका खेल खेल्न पाइने भएको छ ।

‘सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन फुकुवा गरिएको छ’ क्यानबाट जारी प्रेस विज्ञप्तीमा लेखिएको छ ।

गौशाला २६ माथि बलात्कार मुद्दामा सन्दीपले आज उच्च अदालतबाट सफाई पाएका हुन् ।

यसैबीच प्रतिबन्ध फुकुवासँगै सन्दीपलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने तयारीमा पनि क्यान लागेको स्रोतले बताएको छ ।

आगामी जुन १ देखि आइसीसी टी–२० विश्व कप क्रिकेट अमेरिकामा शुरु हुँदैछ ।

Categorized in स्पाेर्ट्स