कैदी मृत्यु प्रकरणमा १० प्रहरी नियन्त्रणमा
SamacharDesk | २०८० श्रावण २६, शुक्रबार

संखुवासभाको कारागारबाट भाग्न खोजेका दुई कैदीको मृत्यु मृत्यु भएको छ ।
मंगलबार राती दुई कैदीको मृत्यु भएपछि एक प्रहरी सहायक निरीक्षक (असइ) सहित दश प्रहरी पक्राउ परेका छन् ।
कारागारको सुरक्षामा खटिएका असईसहित दश जनालाई नियन्त्रणमा लिइएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
नियन्त्रणमा लिइएकाहरुमा असई लक्ष्मी चौधरी, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार अमृतबहादुर कार्की, जवानहरू सनोज सोडमी, मुकेश विक, पवनकुमार महतो, नुसन राई, मनिष राई, दमनसिंह राई र सुमन गुरुङ रहेका छन् ।
कारागारको झ्याल फोडेर भाग्न खोजेका कैदीलाई समातेपछि उनीहरुले कारागारभित्रै लाठ्ठी र मुक्काले हानेको देखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बलात्कार मुद्धमा थुनामा रहेका संखुवासभाको मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र चोरी मुद्धामा थुनामा रहेका नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको गत मंगलबार निधन भएको थियो ।
Categorized in अपराध