विवाह बन्धनमा बाँधिदै महादेवकी सती
SamacharDesk – इन्टरटेनमेन्ट ब्यूराे | २०७७ माघ ६, मंगलबार

देवोंके देव महादेव सिरियलकी सति बलिउड अभिनेत्री मौनी राय विवाह बन्धनमा बाँधिने भएकी छन् ।
दुबई बस्दै आएका सुरज नान्बियारसँग मौनीले प्रेम विवाह गर्न लागेको भारतीय संचारमाध्यमले जनाएको छ ।
पछिल्लो केही समयबाट दुवैबीच प्रेम सम्वन्ध रहेको बताइएको छ ।
भारतमा कोरोना महामारी शुरु भएर लकडाउन लागेको समयदेखि नै मौनी दुबईमा बस्दै आएकी छन् ।
सन् १९८५ मा जन्मेकी मौनीले पहिलो पटक सन् २००४ मा ‘रन’ चलचित्रमा ब्याकग्राउन्ड डान्सरको रुपमा चलचित्रको यात्रा शुरु गरेकी थिइन् ।
सन् २००६ मा ‘क्युंकि सास भि कभि बहु थी’ चलचित्रबाट दर्शकमाझ उनी परिचित भएकी थिइन् ।
त्यस्तै लाइफ ओकेमा प्रसारित ‘देबोंका देब महादेब’ सिरियलमा सतिको भूमिकामा उनले निकै प्रशंसा कमाएकी थिइन् ।
गोल्ड, केजिएफ जस्ता चर्चित चलचित्रमा समेत उनले अभिनय गरेकी छन् ।
उनको नयाँ चलचित्र ब्रम्हास्त्र रिलिजको तयारीमा छ ।
Categorized in पेजथ्री