arin enterprises

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिसकुमारद्वारा शपथग्रहण

SamacharDesk | २०८१ जेठ २५, शुक्रबार

मधेस प्रदेशमा जनमत पार्टीका सतिसकुमार सिंह मुख्यमन्त्री बन्नुभएको छ ।

उहाँले आजै पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । नेकपा एमाले, माओवादी केन्द्र, जनमत पार्टी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा उहाँ मूख्यमन्त्री बन्नुभएको हो ।

१ सय ७ सदस्यीय प्रदेश सभामा सिंहलाई ५५ जनाले समर्थन गरेका छन् । शुक्रवार उहाँले मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारीबाट शपथ ग्रहण गर्नुभएको हो ।

साथै १४ जना नवनियुक्त मन्त्रीहरुले पनि पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री सिंहले शपथग्रहणकै दिन १४ सदस्यीय मन्त्रीपरिषद् समेत बिस्तार गर्नुभएको छ ।

जसमा भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, अर्थमन्त्रीमा भरतप्रसाद साह, भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा गोविन्दबहादुर न्यौपाने रहेका छन् ।

त्यस्तै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमा युवराज भट्टराई, शिक्षा तथा संस्कृति मन्त्रीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा शत्रुधनप्रसाद सिंह, उर्जा, सिंचाई तथा खानेपानीमन्त्रीमा बेची लुंगेली रहेका छन् ।

त्यस्तै खेलकुद तथा समाज कल्याण मन्त्रीमा प्रमोदकुमार जयसवाल, गृह, सञ्चार तथा कानून मन्त्रीमा विमला अन्सारी, श्रम तथा यातायात मन्त्रीमा उर्मिला चौधरी, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा केशव राय, शिक्षा तथा संस्कृति राज्यमन्त्री शारदादेवी थापा र रञ्जुकुमारी मण्डल खंग विना विभागीय मन्त्री बन्नुभएको छ ।

Categorized in राजनीति