arin enterprises

समाचारडेस्कका सम्पादकलाई सत्यमोहन जोशी शताब्दी पदक

SamacharDesk – रक्षण राजोपाध्याय | २०७७ चैत्र १३, शुक्रबार

समाचारडेस्क डट कमका सम्पादक बिराजकाजी राजोपाध्याय ‘सत्यमोहन जोशी शताब्दी पदक’ बाट सम्मानित हुने भएका छन् ।

त्रिमूर्ति निकेतनले वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको उचाइ अभिवृद्धिका लागि मन, वचन र कर्मले समर्पित व्यक्तिहरुलाई सम्मानित गर्ने क्रममा समाचारडेस्कका सम्पादक राजोपाध्याय पनि सम्मानि हुन लागेका हुन् ।

त्रिमूर्ति निकेतनले हिजो राती पदकबाट सम्मानित हुने थप १४ जनाको नाम सार्वजनिक गरेको हो ।

ती १४ जनामध्ये अन्य ३ जना पत्रकार पनि परेका छन् । तीमध्ये लहनान्यूज डट कमका प्रधान सम्पादक नृपेन्द्रलाल श्रेष्ठ, लहना साप्ताहिकका कार्यकारी सम्पादक सुरेन्द्रभक्त श्रेष्ठ र नेपाल समाचारपत्रकर्मी सुनिल महर्जन रहेका छन् ।

त्यसैगरी शिक्षा तथा विज्ञान मन्त्री कृष्णगोपाल श्रेष्ठ, उद्योगपति वसन्त चौधरी पनि पदकबाट सम्मानित हुन लागेका छन् ।

त्यस्तै अमर मिरिङचिङ, आभा श्रेष्ठ कर्ण, गङ्गा मुल्मी, गोपालनाथ योगी, पूर्ण लामा, मनोज वर्मा, रमण घिमिरे, विन्दा रखाललाई पनि ‘सत्यमोहन जोशी शताब्दी पदक’ समर्पण गर्ने निणर्य भएको त्रिमूर्ति निकेतनले जनाएको छ ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले पदकबाट सम्मानित हुने थप १४ जनाको निणर्य गरेको हो । यसअघि गएको फागुन ५ गते सोही पदकबाट सम्मानित हुने २९ जनाको नाम सार्वजनिक गरिसकेको छ ।

त्रिमूर्ति निकेतनले यसअघि नेपाल लगायत २५ राष्ट्रका २५५ जनालाई ‘सत्यमोहन जोशी शताब्दी पदक’ बाट सम्मानित गरिसकेको छ ।

Categorized in समाज