arin enterprises

विद्यालयहरुले पाठ्यसामग्रीहरु विक्री गरेमा कारबाही हुने

SamacharDesk | २०७९ चैत्र २१, मंगलबार

निजी तथा सामुदायिक विद्यालयहरुले विक्री गरिंदै आएको पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरु विक्री वितरण गर्न रोक लगाएको छ ।

काठमाडौं महानगरपालिकाको शिक्षा विभागले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई विद्यालयबाटै पाठ्यपुस्तक किन्न बाध्य नगर्नु भनेको छ ।

महानगरपालिकाभित्रका प्रायः सबै निजी तथा सामुदायिक विद्यालयहरुले आवश्यक पुस्तक तथा सामग्रीहरु डे«स, स्टेशनरी लगायतका वस्तुहरु आफ्नै विद्यालयबाट वा तोकेको पसलबाट खरिद गर्नुपर्ने थियो । 

अब भने महानगरपालिका शिक्षा विभागले त्यस्तो कार्य नगर्न आग्रह गरेको छ । सो आग्रहको वेवास्ता गरेमा शिक्षा ऐन २०२८, शिक्षा नियामावली २०५९ तथा काठमाडौं महानगरपालिका शिक्षा ऐनरनियामावली बमोजिम कारवाही हुने चेतावनी समेत दिएका छन् ।

विभागले शैक्षिक सत्र २०८० का लागि पाठ्यक्रम विकास केन्द्र सानोठीमि भक्तपुरद्धारा सन्दर्भरथप सामग्रीका रुपमा सुचिकृत पाठय्सामग्री मात्र प्रयोग गर्नरगराउन विद्यालयलाई निर्देशन दिएको छ ।

साथै पाठयक्रम विकासद्धारा प्रकाशित नेपाली वा अंग्रेजी माध्यमको पाठ्यपुस्तको भुक्तानी गर्न सकिने अन्य प्रकाशसनको सामग्रीहरुको भुक्तानी गर्न नसकिने पनि जानकारी गराएको छ । 

Categorized in स्थानीय