रहेनन् वरिष्ठ संगीतकर्मी जगमोहन वामि
SamacharDesk – बिराज | २०७९ फाल्गुण ३०, मंगलबार

नेपालभाषाको संगीत क्षेत्र साथै नेपाली भजन क्षेत्रका वरिष्ठ संगीतकर्मी जगमोहन वामि (कायस्थ) को निधन भएको छ । आज मंगलबार विहान चापागाउँस्थित आफ्नै निवासमा उनको मृत्यु भएको हो ।
कुनै पनि किसिमको स्वास्थ्य समस्या नभएका उनको आज अकस्मात मृत्यु भएको हो ।
उनी हरेक दिन चापागाउँमै भजनमा जाने गर्थे । आज भने भजन जान नपाउँदै विहानै उनी कोठामा मृत अवस्थामा भेटिएका थिए ।
हाल उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट ल्याइएको छ । उनको जेष्ठ सुपुत्र भास्कर मेहेर कायस्थले दागबत्ती दिँदैछन् ।
८६ वर्षीय वामिको नेवार परम्परा अनुसार चन्द्ररथारोहण अर्थात दुई पल्टको पास्नी सम्पन्न भइसकेको छ ।
वामि पेजथ्री नेपालभाषा पिपल्स च्वाइस अवार्डको दोश्रो संस्करणमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट समेत सम्मानित भएका छन् ।
उनको संगीत र रचना रहेको मदनकृष्ण श्रेष्ठले गाएको छं दुःख स्यूगु खनाः, उनी आफैंले गाएको झिंन्यान्हु मानि ब्याहा यायेगु लगायतका गीतहरु निकै लोकप्रिय रहेको छ ।
उनकी श्रीमति मैयाँ कायस्थको २०७८ माघ १३ गतेका दिन निधन भएको थियो ।
स्वर्गीय वामिका दुई छोरा र चार छोरी छन् ।
Categorized in पेजथ्री