arin enterprises

इन्टर मिलान बन्यो ‘सिरी ए’ च्याम्पियन, जुभेन्टसको जितको यात्रामा विश्राम

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २०, सोमबार

इन्टर मिलानले ‘इटालियन सिरि ए’ को उपाधि जितेको छ ।

आइतबार दोस्रो स्थानको एटलान्टा सासुओलोसँग बराबरीमा रोकिएको थियो । सोहि कारण इन्टरले चार खेल बाँकी छँदा दास्रो स्थानको एटलान्टासँग १३ अंकको दुरी बनाउँदै लिगको उपाधि जितेको हो ।

इन्टरले पछिल्लो पटक सन् २०१० मा लिगको उपाधि जितेको थियो । त्यस्तै इन्टर मिलान च्याम्पियन बनेसँगै युभेन्ट्सको च्याम्पियन यात्रा पनि रोकिएको छ । युभेन्ट्सले लगातार पछिल्ला नौं सिजन लिगको उपाधि जितेको थियो ।

इन्टर मिलानको प्रशिक्षकको रुपमा एन्टोनियो कोन्टेले चौथो पटक इटालियन लिग जितेका हुन् । उनले यसअघि सन् २०११ देखि २०१४ सम्म युभेन्ट्सबाट लिगको उपाधि जितेका थिए । 

इन्टरको ८२ अंक छ भने दोस्रो स्थानको एटलान्टा, तेस्रो स्थानको युभेन्ट्स र चौथो स्थानको एसी मिलानको समान ६९–६९ अंक छ ।

 

Categorized in स्पाेर्ट्स