arin enterprises

समाजसेवी मुल्मीको आत्मकथा ‘मभित्रको म’ लोकार्पण

SamacharDesk – बिराज | २०७८ कार्तिक ३०, मंगलबार

समाजसेवी शान्तलाल मुल्मीको आत्मकथा पुस्तक ‘मभित्रको म’ को लोकार्पण भएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालको गैरसरकारी क्षेत्रका अभियन्ता एवम समाजसेवाका अग्रणी मुल्मीको आत्मवृत्तान्त पुस्तक लोकार्पण गरिएको हो ।

पूर्व प्रधानन्यायधिस कल्याण श्रेष्ठ, अधिकारकर्मी मल्ल के सुन्दर, मानवअधिकारकर्मी प्रा.कपिल श्रेष्ठ, साहित्यकार सुलोचना मानन्धर, समालोचक केशव दाहालले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका थिए ।

७८ वर्षे मुल्मीले पुस्तकमार्फत जीवनमा भोगेका राजनीतिक, साहित्यिक, मानवअधिकारलगायत अन्तराष्ट्रिय सम्वन्ध लगायतमा आत्मवृतान्त पस्केका छन् ।

कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायधिस कल्याण श्रेष्ठले आफू कसरी स्वराज हुने भन्ने ज्ञान पुस्तकले दिने विचार राख्नुभयो । श्रेष्ठले राजनीतिबाट हामी असुरक्षित हुँदै गइरहेको र नेताहरु जितेको अनि जनता हारेको अनुभुति हुन थालेको टिप्पणी कार्यक्रममा गरे ।

भाषासेवी एवम् मानवअधिकारकर्मी मल्ल के सुन्दरले मुल्मीको आत्मवृतान्त आफ्नै कथा जस्तो लाग्ने र आफनो जीवनसँग पनि मेल खाएको बताए ।

साहित्यकार सुलोचना मानन्धर, समालोचक केशव दाहालले पनि पुस्तकको विषयवस्तु, प्रस्तुतिकरणलगायतको विषयमा आफ्नो धारणा राखेका थिए ।

सोही कार्यक्रममा गोरखाका समाजसेवी धिरज मास्केलाई रुद्रलाल समासेवी सम्मान पदकबाट सम्मान गरिएको थियो ।

पुस्तक छत्रलक्ष्मी रुद्रलाल मुल्मी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको हो ।

Categorized in पेजथ्री