arin enterprises

बालाजुको जुत्ता कारखानामा आगलागी

SamacharDesk | २०७९ श्रावण २५, बुधबार

काठमाडौं महानगरपालिका–१६, बालाजु औद्योगिक क्षेत्रमा अवस्थित वान वल्र्ड जुत्ता कारखानामा आगलागी भएको छ ।

आज दिउँसो भएको आगलागीमा साढे चार करोड रुपैयाँ क्षति भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आगलागीमा परी वान वल्र्ड जुत्ता कारखाना जलेको र करिब साढे चार करोड रुपैयाँ क्षति भएको अनुमान गरिएको बताउनुभयो ।

स्थानीय र दमकलको सहायतामा प्रहरीले आगो नियन्त्रणमा लिइएको छ । कारखानामा विद्युत् सट भएर आगलागी भएको भन्ने सूचना आएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।

कामदारहरुका अनुसार जुत्ताको ट्रेडमार्क लगाउने मेसिन चलाउँदा विद्युत् सर्ट भएपछि आगो लागेको थियो । कारखानामा रहेका कच्चा पदार्थ र केमिकलहरु जलेर नष्ट भएका छन् ।

वरिपरि घरहरु भएपनि आगोले कुनै क्षति नगरेको प्रहरीले जनाएको छ ।

Categorized in समाज