श्री एयरलाइन्सका सबै विमान ग्राउण्डेड
SamacharDesk | २०७९ फाल्गुण २६, शुक्रबार

विहीबार एक्कासी इञ्जिनमा आगो लागेपछि श्री एअरलाइन्सको विमान आकस्मिक अवतरण गर्नुपरेको थियो ।
काठमाडौंबाट भैरहवाका लागि उडेको विमानमा आगो लागेको हो । इञ्जिनमा आगो लगोपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सका सबै विमानहरु ग्राउण्डेड गरेको छ ।
क्यानले श्री एयरलाइन्सका सबै विमानहरुको ईञ्जिन चेकजाँच लगायत सुरक्षा जाँचका लागि विमानहरु ग्राउण्डेड गरिदिएको बताएको छ ।
सो कार्य नसकिएसम्म श्री एयरलाइन्सका विमानले कुनै पनि उडान नगर्न क्यानले निर्देशन दिएको छ । उड्न योग्य भए÷नभएको परीक्षण गरेपछि मात्रै उडानका लागि अनुमति दिइने प्राधिकरणले जनाएको छ ।
सो एअरलाइन्ससंग साना ठूला गरी आठ वटा विमान रहेको र ती सवैको इञ्जिन जाँच गर्न केही दिन लाग्ने बताइएको छ ।
हिजो काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको इन्जिनमा आगो लागेको संकेत पाएपछि विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो ।
Categorized in समाज