ftin
arin enterprises

के२–१८बी नामक ग्रहमा पानी र जीवनको संकेत फेला पर्‍यो

SamacharDesk | २०८० भाद्र २९, शुक्रबार

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एउटा ग्रहमा पानी र जीवनको संकेतको नयाँ प्रमाण फेला परेको दावी गरेको छ ।

अन्तरिक्ष सम्बन्धी अनुसन्धान गर्न पठाइएको जेम्स वेब स्पेस टेलिस्कोपले K2-18b नामक एक्सोप्लानेट अर्थात सौर्यमण्डलभन्दा बाहिरको ग्रहमा तरल अवस्थामा पानी भएको‍ र त्यसमा जीवनको अणु पाइन सक्ने संकेत गरेको हो ।

पृथ्वीभन्दा ८.६ गुणा ठूलो रहेको उक्त ग्रह पृथ्वीबाट करिब १ सय २४ प्रकाश वर्ष टाढा रहको छ । यसले K2-18 नामक तारालाई परिक्रमा गर्छ भने गोल्डिलक्स क्षेत्र अर्थात तारादेखि बस्न योग्य दूरी मा अवस्थित छ ।

यो ग्रहमा मिथेन र कार्बन डाइअक्साइड पत्ता लागेको नासाले जनाएको हो । यसकारण नासाले यसलाई हाइसेन (हाइड्रोजन र ओसियन बाट बनाइएको शब्द एक्सोप्लानेट ग्रह हुनसक्ने बताएको छ ।

यही कारण यो ग्रहको वायुमण्डलमा हाइड्रोजन बढी भएको कारण तरल पानीको सागरहरु पनि हुन सक्ने वैज्ञानिकहरुले अनुमान गरेको छ ।

त्यस्तै ग्रहमा समुन्द्र भएकाले डाइमिथाइल सल्फाइड (डीएमएस) पनि हुन सक्ने नासाले उल्लेख गरेको छ । विज्ञानका अनुसार डीएमएस त्यस्तो अणु हो, जसबाट नै पृथ्वीमा जीवन सम्भव भएको थियो ।

हबल स्पेस टेलिस्कोपले सेप्टेम्बर २०१९ मा यस ग्रहको वायुमण्डलमा पानीको कण भएको पत्ता लगाएको थियो । त्यसपछि नासाले यस एक्सोप्लानेटमा थप चासो राख्दै अनुसन्धान जारी राखेका थिए ।

वैज्ञानिकहरुले यसको समुन्द्र तातो हुनसक्ने र हालसम्म दुई पटक मात्र अवलोकन गरिएको कारण यसमा जीवन सम्भव छ या छैन भनेर भन्न नसकिने बताएका छन् ।

तर यस ग्रहमाथि खोज अनुसन्धान भने जारी राख्ने ले जनाएका छन् ।

Categorized in विज्ञान-प्रविधी