जन्ती बोकेको बस दुर्घटनामा परी ३ को मृत्यु
SamacharDesk | २०८१ बैशाख ७, शुक्रबार

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् ।
दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित पिस्कर जान लागेको बा ४ ख ५६१६ नम्बरको बस बिहान ६:१५ बजे दुर्घटना भएको ्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले जानकारी दिनुभयो ।
कच्ची हिलो बाटोका कारण सडकमा गाडी भासिएर सडकबाट दुई सय मिटर तल भिरमा खरेको बताइएको छ । बसमा करिब ५५ जना जन्ती सवार थिए ।
मृत्यु हुनेमा दोलखा भीमेश्वरका मानबहादुर थामी, भीमेश्वर–१ का शिव श्रेष्ठ र दिपेन्द्र थामि रहेको खुलेको छ । त्रिपुरासुन्दरी–५ का वडाध्यक्ष यादव श्रेष्ठले दुलहासहित ३२ जना घाइते भएको जानकारी दिएका छन् ।
गम्भीर घाइते पाँच जनालाई सहाबहार अस्पताल खाडीचौर पठाईएको छ । दुलहासहित अन्य घाइतेको वडा कार्यालयमै प्राथमिक उपचार भइरहेको छ ।
दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Categorized in समाज