arin enterprises

काठमाडौं १ मा काँग्रेसका सिंह विजयी

SamacharDesk – बिराज | २०७९ मङ्सिर ६, मंगलबार

प्रतिनिधि सभा सदस्यतर्फ काठमाडौं क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । जम्मा ७ हजार १४३ मत ल्याउँदै सिंह विजयी भएका हुन् ।

सिंह जम्मा १२५ मतको झिनो अन्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए ।

यसपालीको आम निर्वाचनको क्रममा चर्चित उम्मेदवारहरुको उम्मेदवारी रहेको यस क्षेत्रलाई निकै चासोका साथ हेरिएको थियो ।

यसै क्षेत्रका अर्का चर्चित उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार ११५ मत पाएका छन् । त्यस्तै एमालेबाट किरण पौडेलले ३ हजार ५३२ र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १२४ मत पाए ।

२०७४ सालको आम निर्वाचनमा पनि यस क्षेत्रबाट नेपाली काँग्रेसका प्रकाशमानले नै जितेका थिए । 

Categorized in राष्ट्रिय