शिव शिखरको सम्पत्तिबाट पहिला बचतकर्ताहरुको बचत फिर्ता गर्न माग
SamacharDesk | २०८० पौष ९, सोमबार

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको देशभर रहेको शाखाबाट करिब २ लाख बचतकर्ताको १० अर्ब रुपैयाँ हिनामिना गरी भागेपछि बचतकर्ताहरु अहिले विच्चलिमा परेका छन् ।
अझ सहकारीको नाममा रहेको सम्पत्तिहरु लिलामि गरी बैंकहरुले ऋण असुल गर्न खोज्दा त्यसो नगर्न बचतकर्ताहरुले माग गरेका छन् । उनीहरुले सहकारीको नाममा रहेको सम्पती वचतकर्ताहरुबाट संकलित रकमबाट खरिद गरेको सम्पती भएको भन्दै लिलामीबाट रोक्न माग गरेका हुन् ।
उनीहरुले सहकारीको नाममा रहेको सम्पत्ति पनि बैंकहरुले लिलाम गरी असुल उपर ग¥यो भने सानाठूला बचतकर्ताहरु झन् मारमा पर्ने भनाई रहेको छ ।
संस्थाले वभिन्न १३ वटा बैंकबाट करिव ७ अर्ब रुपैयाँ ऋण लिएको छ । संस्थाको नामको सम्पती धितोमा राखी बैंकबाट ऋण लिएको सहकारीले ऋण तिर्न नसकेपछि हाल बैंकहरुले धमाधम लिलामीको प्रकियामा अगाडी बढाउने तयारी गरेका छन् ।
उनीहरु बैंकले लिलाम गर्न लागेको सम्पती वचतकर्ताहरुको भएको भन्दै तत्काल लिलामी प्रक्रिया रोकेर उक्त सम्पतीलाई कुनै व्यापारी प्रतिष्ठानहरुले किन्ने र वचत रकम फिर्ता गरिदनुपर्ने माग राखेका छन् ।
बैंकले सबै सम्पती लिलामी गरेर आफूहरुको लगानी नउठ्ने भन्दै उनीहरु चिन्तित छन् । यस्तै चल्दा चल्दैको उद्योगहरु बन्द भएको भन्दै उक्त उद्योग सञ्चालनमा ल्याई वचतकर्ताहरुको रकम फिर्ता गर्न पनि सुझाव दिएका छन् ।
सहकारी ऐनको व्यवस्थाअनुसार सहकारीमार्फत किनेका सबै सम्पती वचतकर्ताहरुको हुने भन्दै बैंक, सहकारी र सरकारी माफियाहरु मिलेर लिलामी गरी वचतकर्तारुहको रकम डुबाउन खोजिएको ओरोप समेत लगाएका छन् ।
अहिले सहकारीका सञ्चालक एवं पूर्वअध्यक्ष केदारनाथ शर्मा र संस्थाको लगानी रहेको कम्पनी शिखर अर्गनाइजेसनकी अध्यक्ष गीता शर्मासहितका व्यक्तिहरु थुनामा छन् ।
गीता शर्मा सञ्चालक शर्माकी श्रीमती हुन् । वचतकर्ताहले आफूहरुको लगानी फिर्ता नहुने हो भने थप आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
Categorized in समाज