arin enterprises

अमेरिकामा चिसोका कारण ९ हजार बढीको मृत्यु

SamacharDesk | २०७९ पौष ३, आइतबार

संयुक्त राज्य अमेरिकामा अत्यधिक चिसोका कारण ९ हजार जनाको मृत्यु भएको र १ करोड ५० लाख बिरामी परेको तथ्यांक सार्वजनिक भएको छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सार्वजनिक गरेको रिपोर्टमा १ करोड ५० लाख सर्वसाधारण अस्पताल भर्ना भएको र ९ हजारको मृत्यु भएको खुलासा गरिएको छ ।

चिसो मौसम शुरु भए यताको एक सातामा फ्लुका कारण २३ हजार बढी मानिस अस्पताल भर्ना हुने गरेका छन् । यसैबीच अमेरिकी सरकारले चिसोबाट बच्न सर्वसाधारणलाई अपील जारी गरेको छ ।

अनाबश्यक रुपमा घर बाहिर नकिस्कन आग्रह गर्दै उनीहरुलाई सचेतना अपाउन पनि भनिएको छ । अमेरिकामा हरेक हिउँदमा हजारौं मानिस रुघाखोकीको शिकार हुने गर्दछन् ।

Categorized in अन्तर्राष्ट्रिय