arin enterprises

नरदेवीमा रक्तदान कार्यक्रम सम्पन्न

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २०, शनिबार

विरामीको लागी रगतको माग बढ्दो दर र रगतको अभाव रहेको अवस्थामा रगतको अभाव हुन नदिन भन्दै काठमाडौंको नरदेवीमा रक्तदान गरिएको छ ।

श्वेतभैरव ल्यायम्ह पुचः र जागरुक युवा समाजको संयुक्त आयोजनामा आज नरदेवीमा रक्तदान कार्यक्रम गरिएको हो । ब्लड डोनर्सएशोसिएसन नेपाल केन्द्र ( ब्लोदान ) र काठमाडौं मध्य क्षेत्रको आह्वानमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा ५१ जना रक्तदाताले रक्तदान गरेका थिए भने ५ जनाले प्लाज्मा दान समेत गरेका थिए ।

कोरोनाका गम्भीर विरामीको प्लाज्मा थेरापीबाट उपचारका लागि कोरोना संक्रमण निको भएका व्यक्तिबाट प्लाज्मा दिने गरिन्छ ।

कार्यक्रममा वागमती प्रदेश सांसद वसन्त मानन्धर, काठमाडौं महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष न्हुछेँकाजी महर्जन, काठमाडौं महानगरपालिका २४ वडाका वडा सदस्य बिनोद तुलाधर लगायतको उपस्थिती रहेको थियो ।

Categorized in समाज