arin enterprises

सर्लाहीमा आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २३, मंगलबार

सर्लाहीको विष्णु गाउँपालिकामा एक घर आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

बिष्णु गाउँपालिका–२ पकडिगोठ बस्ने योगेन्द्र प्रसाद साहको घरमा हिजो राती विद्युत सर्ट भई आगलागी भएको थियो ।

आगलागीमा लत्ताकपडा, अन्नपात लगायतका सामान जेलर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको जनाएको छ ।

Categorized in समाज