arin enterprises

श्रृजना कलेज अफ फाइन आर्ट्सको भवन शिलान्यास

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २६, शुक्रबार

श्रृजना कलेज अफ फाइन आर्ट्सको भवन भवन छोकडोल सितापाइलामा बन्ने भएको छ । आज एक कार्यक्रमका बीच संघीय सांसद जीवन राम श्रेष्ठले नार्गाजुन नगरपालिका वडा न. ५ छोकडोल सितापाईलामा कलेज भवनको शिलान्यास गर्नुभएको छ ।

सो अवसरमा सांसद श्रेष्ठले कलाले नै राष्ट्रलाई चिनाउने संस्कृति, सम्पदा र इतिहासलाई जीवन्त राख्ने भएकोले यसको बिकास र बिस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

कलेज भवनको निर्माण कार्य समयमा सम्पन्न गर्न आफ्नो तर्फबाट पुर्ण सहयोग गर्ने प्रतिवद्धता सांसद श्रेष्ठले व्यक्त गर्नुभयो ।

भवन निर्माणको लागि काठमाडौं महानगरपालिका र यु.जि.सि.बाट सहयोग प्राप्त भएको बताइएको छ ।

कलेज संचालक समितिका अध्यक्ष मनमोहन श्रेष्ठले कलेज भवनको निर्माणका लागि संघीय र प्रदेश सरकारबाट पनि सहयोगको अपेक्षा पोख्नुभयो ।

पाँच करोड पचास लाख रुपैयाँका लागतमा कलेजको भवन निर्माण हुन लागेको हो । मुनाफा रहित सामुदायिक शिक्षण संस्थाको रुपमा संचालित श्रृजना कलेज अफ फाइन आर्टको भवन साढे २ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको हो ।

कार्यक्रममा नार्गाजुन नगरपालिकाकी उपमेयर सुशिला अधिकारी, ५ वडाका वडाअध्यक्ष महेश रिमाल, कलेज संचालक समितिका पदाधिकारी र स्थानीय जनसमुदायको उपस्थिती रहेको थियो ।

Categorized in समाज