arin enterprises

सवारी दुर्घटनामा बालकको मृत्यु

SamacharDesk – बिकाश | २०७७ पौष ९, बिहिबार

बारामा आज बिहान भएको एक सवारी दुर्घटनामा एक वर्षीय बालकको मृत्यु भएको छ ।

जितपुरको सिमरा उपमहानगरपालिका–१९ स्थित सडकमा ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने सदाम देवानका १ वर्षीय छोरा समिर देवानको मृत्यु भएको हो ।

लु.२ त २२४६ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारको लागि नेशनल मेडिकल कलेज बीरगंजतर्फ लगिएको थियो । तर अस्पताल पुग्न नपाउँदै बाटोमै उनको मृत्यु भएको हो ।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Categorized in समाज