arin enterprises

ट्राफिक नियन्त्रण तालिम समापन

SamacharDesk – बिकाश | २०७७ पौष १३, सोमबार

प्रहरी हवल्दार तथा जवानका लागि संचालित एक सय ३७औं समूहको ट्राफिक नियन्त्रण तालिम सम्पन्न भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा एक कार्यक्रमबीच तालिमको समापन गरिएको हो ।

कार्यक्रममा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले सवारी दुर्घटना न्यूनीकरण तथा सवारी आवागमन सहज तुल्याउन तालिममा सिकाइएको ज्ञान, सिपलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई निर्देशन दिनुभयो ।

कात्तिक १८ गतेबाट संचालित तालिममा प्रहरी हवल्दार ४ जना र प्रहरी जवान ५३ गरी कूल ५७ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको तालिम संयोजक प्रहरी नायव उपरीक्षक शेर बहादुर चन्दले जानकारी दिनुभयो ।

Categorized in समाज