ललितपुरमा आगलागीमा लाखौंको धनमाल जलेर नष्ट
SamacharDesk – बिकाश | २०७७ पौष १३, सोमबार

ललितपुरको ज्वागल स्थित एक टेलर पसलमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
ललितपुर बस्ने ३२ वर्षीय नवाजसरीफको ज्वागलस्थित टेलर पसलमा आगलागी हुँदा करीब ७ लाख ९६ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
नवाजसरीफ आइरन जोडी सटर बन्द गरी जाँदा आइतबार राति आगलागी भएको बताइएको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
Categorized in समाज