arin enterprises

आफ्नै बुबाको हत्या अभियोगमा छोरा पक्राउ

SamacharDesk – समाचारडेस्क क्राइम रिपाेर्टर | २०८० चैत्र ७, बुधबार

आफ्नै बुबाको हत्या गरेको अभियोगमा सप्तरीबाट एक जना पुरुष पक्राउ परेका छन् ।

प्रहरीले सप्तरीको सप्तकोशी नगरपालिका–३ सखबनी नयाँबस्ती बस्ने २२ वर्षीय लालदेव सदालाई बुधबार बिहान पक्राउ गरेको हो ।

सदालाई आफ्नै बुबा ४५ वर्षीय हिराई सदाको हत्या गरेको अभियोग लागेको छ ।

घरायसी विवादमा लालदेवले आफ्नो बुबा हिराईमाथि बन्चरो प्रहार गरेको र बन्चरो प्रहार पछि हिराईको घट्नास्थलमै मृत्यु भएको बताइएको छ ।

सोही घटनामा लालदेवले बन्चरो प्रहार गर्दा उनका छिमेकी ६५ वर्षीय दशन सदा पनि घाइते भएका छन् । दशनको स्थानीय अस्पताल फत्तेपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरी टोलीले लालदेवलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Categorized in अपराध