arin enterprises

बुबाको हत्या गरेको अभियोगमा छोराहरु पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७८ फाल्गुण ६, शुक्रबार

आफ्नै बुबाको हत्या गरेको अभियोगमा दुई छोराहरुलाई पक्राउ गरिएको छ ।

काठमाडौंको रबिभवन घर भई हाल कीर्तिपुर नगरपालिका–६ चोभार पाण्डेछाप बस्दै आएका ६५ वर्षीय न्हुछे नारायण महर्जनलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै दुई छोराहरूलाई पक्राउ गरिएको हो ।

प्रहरीले ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कृष्ण महर्जनलाई पक्राउ गरेको हो ।

छोराहरूको कुटपिटबाट गम्भीर घाइते भएका न्हुछे नारायणलाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं लगिएको थियो भने सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न दुवैलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले २ थान प्रेसर कुकर र मसला पिस्ने लोहोरो बरामद गरेको छ ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । 

Categorized in अपराध