दक्षिण अफ्रिकामा बस पुलबाट खस्दा ४५ को मृत्यु
SamacharDesk | २०८० चैत्र १६, शुक्रबार

दक्षिण अफ्रिकामा एउटा बस पुलबाट खोलामा खस्दा ४६ यात्रु मध्ये ४५ जनाको मृत्यु भएको छ ।
बस झण्डै ५० मिटर तल खोचमा खसेको बताइएको छ । बस छिमेकी मुलुक बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया सहरमा इसाईहरुको पवित्र पर्व इस्टर सेवाका लागि यात्रा गरिरहेका थिए ।
दुर्घटनामा परी एक आठ वर्षीया बालिका बाहेक सबैको मृत्यु भएको बताईएको छ । गम्भिर अवस्थामा घाइते भेटिएकी ती बालिकाको अहिले उपचार भईरहेको छ ।
अधिकारीहरुका अनुसार बसका चालकले नियन्त्रण गुमाएपछि दक्षिण अफ्रिकाको उत्तरपूर्वीस्थित लिम्पोपो प्रान्तमा पुलबाट खसेको थियो र बस भिरमा ठोक्किंदै खोचमा खस्दा बसमा आगो लागेको थियो ।
दक्षिण अफ्रिकाका यातायात मन्त्री सिन्दिसिवे चिकुंगाले दुर्घटनास्थलमा पुगेर पूर्ण छानबिन गर्ने वाचा गरेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय