arin enterprises

कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउँदै दक्षिण कोरिया

SamacharDesk | २०८० पौष २५, बुधबार

दक्षिण कोरियाले कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउने भएको छ । राष्ट्रव्यापी बहसपछि कोरियामा वर्षौंदेखि अभ्यासमा रहेको कुकुरको मासु खाने चलनमा प्रतिबन्ध लगाइन भएको हो ।

कुकुरको मासु उपभोग र बिक्रीमा प्रतिबन्ध लगाउने कानुनलाई मंगलबार दक्षिण कोरियाली संसदले पारित गरेको हो ।

नयाँ कानुनको लक्ष्य सन् २०२७ सम्म कुकुरलाई निर्मम तरिकाले काटेर मासु बिक्रीमा प्रतिबन्ध लगाउने रहेको छ ।

नयाँ कानुनअनुसार कोरियामा अब मासुका लागि कुकुर पाल्न पाइने छैन । कानुन उल्लंघन गर्नेलाई जेल सजायसम्म हुन सक्नेछन् । कुकुर मार्नेलाई ३ वर्षसम्म जेल सजाय हुनेछ भने मासुका लागि कुकुर पाल्ने वा बेच्नेलाई २ वर्षसम्म जेल सजाय हुने कानुनमा उल्लेख छ ।

केही वर्षदेखि कुकुरको मासुलाई दक्षिण कोरियामा मन नपराइने परिकारको रुपमा लिएको छ ।

दक्षिण कोरिया सरकारका पछिल्लो तथ्यांकअनुसार दक्षिण कोरियामा १६०० कुकुरको मासु पाइने रेस्टुरेन्ट र ११५० कुकुर फार्म रहेका छन् ।

किसान र रेस्टुरेन्ट सञ्चालकलाई ३ वर्षभित्रमा रोजगार तथा आम्दानीका लागि वैकल्पिक स्रोत उपलब्ध गराएपछि नयाँ कानुन कार्यान्वयनमा ल्याउने पनि दक्षिण कोरियाली सरकारले उल्लेख गरेको छ ।

Categorized in अन्तर्राष्ट्रिय