arin enterprises

स्पेनमा गर्मीका कारण पाँच सय भन्दा बढीको मृत्यु

SamacharDesk | २०७९ श्रावण ३, मंगलबार

स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गर्मीसंगै चलेको तातो हावाका कारण ५ सय १० जनाको मृत्यु भएका छन् ।

मृत्यु हुनेमा अधिकांश ज्येष्ठ नागरिक रहेका छन् । उनीहरूमध्ये ३ सय २१ जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका बताइएको छ । स्पेनको तापक्रम हाल ४५ डिग्री सेल्सियससम्म पुगेको छ ।

यही जुलाई १० तारिखदेखि शुरु भएको गर्मीका कारण त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ । यही जुलाई १० देखि  १६ सम्म मात्रै १५० जनाको ज्यान गएको बताइएको छ ।

स्पेनको तापक्रम बढ्ने भन्दै त्यहाँको स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई सतर्कता अपनाउन अपिल गरेको छ ।

Categorized in अन्तर्राष्ट्रिय