arin enterprises

शान्दार जितसँगै स्पेन क्वाटरफाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २०, शनिबार

महिला विश्वकपको स्पेनले शान्दार जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा नकआउट चरणको खेलमा स्पेनले स्वीट्जरल्याण्डलाई ५–१ गोलले हराएको हो ।

इदेन पार्क आउटर ओभलमा भएको खेलमा सुरुवातमै स्पेनको लागि आइटाना बोनमाटिले गोल गर्दै अग्रता दिलाए । उनले खेल सुरु भएको पाँचै मिनेटमा गोल गरिन् ।

११औ मिनेटमा लाला कोडिनाले आत्माघाटि गोल गर्दा खेल एक एक गोलको बराबरीमा आयो । अल्बा रेडोंडोले १७ औं मिनेटमा गरेको गोलले स्पेनले पूनः अग्रता लियो ।

बोनमाटिले ३६ औं मिनेटमा व्यक्तिगत दोस्रो र टोलीको लागि तेस्रो गोल गरे । कोडिनाले ४५ औं गोल गर्दा पहिलो हाफमै स्पेनले ४–१ अग्रता लिएको थियो ।

दोस्रो हाफको ७० औं जेनिफर हर्मोसोले गोल गर्दा स्पेन ५–१ले अघि रह्यो ।

यो जितसँगै स्पेन यस प्रतीयोगितावाट क्वाटर फाइनलमा पुग्ने पहिलो राष्ट्र बनेको छ ।

Categorized in स्पाेर्ट्स