नेदरल्याण्डस्लाई हराउँदै स्पेन पहिलो पटक सेमिफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २६, शुक्रबार

स्पेन फिफा महिला विश्वकपको सेमिफाइनलमा पहिलो पटक प्रवेश गरेको छ ।
शुक्रबार बिहान भएको पहिलो क्वाटरफाइनल खेलमा नेदरल्याण्डस्लाई २–१ गोलले हराउँदै स्पेन अन्तिम चारमा पुगेको भएको हो ।
वेलिंटंनमा सम्पन्न खेलको निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
स्पेनको लागि सलमा सेलेस्ट पराल्युलो अयिंगोनोले खेलको १११औं मिनेटमा विजय गोल गरिन् ।
त्यसअघि ८१ औं मिनेटमा मेरिवना काल्डेंटीले पोनाल्टी मार्फत गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा नेदरल्याण्डस्की स्टेफनी वैन डेर ग्रागटले गोल गर्दै खेललाई १/१ गोलको बराबरीमा ल्याए ।
यो संगै स्पेन पहिलोपटक महिला विश्वकपको सेमिफाइनलमा पुगेको छ भने अघिल्लो संस्करणको उपविजेता नेदरल्यान्डस् अन्तिम ८ बाटै घर फर्किएको छ ।
Categorized in स्पाेर्ट्स