चेकमाथि स्पेनको जित यूईएफए
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ ३०, सोमबार

नेसन्स लिगमा स्पेनले चेक गणतन्त्रमाथि जित निकालेको छ । आइतबार राति भएको खेलमा चेक गणतन्त्रलाई २–० गोलले हराउँदै स्पेनले जित निकालेको हो ।
स्पेनको जित दिलाउने क्रममा कार्लोस सोलेर खेलको २४ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ७५ औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई २–० को जित दिलाए ।
यो जितसँगै स्पेनले ४ खेलमा ८ अंक जोड्डै लिग ए समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । यस्तै चेक गणतन्त्रले ४ खेलमा ४ अंक जोड्डै तेस्रो स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स