arin enterprises

जोसेलुको दुई गोलसँगै स्पेन विजयी

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र १२, आइतबार

युरोकप स्पेनले नर्वेलाई हराएको छ । गएराति भएको खेलमा स्पेनले नर्वेलाई ३–० गोलले हराएको हो ।

मालागाको ला रोजालेडा स्टेडियममा गएराति ३२ वर्षीय जोसेलुले दुई मिनेट भित्रै दुई गोल गरेका थिए ।  जोसेलुले अन्तर्राष्ट्रिय डेब्यु खेलमै दुई मिनेट भित्रै दुई गोल गरेको हो ।

खेलको १३ औं मिनेटमा ड्यानी ओल्मोको गोलवाट स्पेनले अग्रता लियो । पहिलो हाफसम्म १–० ले अघि रहेको स्पेनले खेलको ८४ औं मिनेटमा परिवर्तित खेलाडी जोसेलुले गोल गर्दै अग्रता दोब्बर पारे ।

त्यसको एक मिनेटपछि नै जोसेलुले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल थपेका थिए ।

  यो जितसँगै स्पेनले युरो छनोटको समूह ‘ए’ मा ३ अंक जोडेको छ । नर्वे अंकविहिन छ । 

यहीँ समूहको अर्को खेलमा स्कटल्यान्डले साइप्रसलाई ३–० ले हराएको छ ।

स्पेनले आफ्नो अर्को खेल मंगलबार स्कटल्याण्डसँग खेल्नेछ।

Categorized in स्पाेर्ट्स